समाजवादको बाटो प्रधानमन्त्री दाहालको नेतृत्वमा सुरु भइसक्यो : मन्त्री किराँती

हिमाल प्रेस २५ असार २०८० १२:०७ | Monday, July 10, 2023
समाजवादको बाटो प्रधानमन्त्री दाहालको नेतृत्वमा सुरु भइसक्यो : मन्त्री किराँती फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? भन्ने विषयमा अध्ययन आवश्यक रहेको बताए।

उनले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने बताए।

उनले भ्रष्टाचारको सफा अभियानदेखि  समाजवादको बाटो सुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सुरु भइसकेको बताए।

प्रकाशित: २५ असार २०८० १२:०७ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast