सञ्चार सचिव राउतलाई अदालतमा पेस गरिँदै

हिमाल प्रेस १ साउन २०८० ९:१२ | Monday, July 17, 2023
सञ्चार सचिव राउतलाई अदालतमा पेस गरिँदै

काठमाडौँ- ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई आज अदालतमा उपस्थित गराइँदैछ।

सर्वोच्च अदालतको आदेश अनुसार सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराइन लागिएको हो।

हिजो (आइतबार)अन्य बन्दीको रिटका कारण उनीहरूको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिइए अनुसार आज उनीहरू उपस्थित हुन लागेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइए पछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्न आदेश दिएको हो।

 

प्रकाशित: १ साउन २०८० ९:१२ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast