 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- उपसभामुख इन्दिरा रानाले संसद्मा आफ्नो फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। ६५औँ संसद् दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले सिंगापुरको उदाहरण दिएर असन्तुष्टि पाेखिन्।
आफूले केही समयअघि सिंगापुर भ्रमण गर्दा त्यहाँको संसद्मा विगतदेखि वर्तमान सभामुखसम्मको फोटो राखेको भन्दै नेपालमा नराखिएको बताइन्। नेपालको संसद्मा सभामुखको मात्रै फोटो राख्ने गरेको उपसभामुखको फोटो नराखेकोप्रति उनले पटक पटक असन्तुष्टि पोखिन्।
संसद्मा उपभासमुखलाई हेपाहा प्रवृत्ति देखाएको पनि उनको भनाइ थियो। ‘अस्ति म सिंगापुर गएको थिएँ। डब्ल्युटीओको कन्फ्रेन्समा। त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ। त्यहाँ पहिलाका सभामुखज्युले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ? त्यो विकास क्रमअनुसार राख्नुभएको छ अभिलेखका रूपमा,’ उनले भनिन्, ‘हामीमा खै त त्यस्तो? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्युको यत्रो फोटो राख्नुभएको छ। हाम्रो त छैन। उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन् गर्नुपर्छ।’ -न्यूज एजेन्सी नेपालबाट

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 