शोकमा प्रचण्ड परिवार [तस्बिरहरू]

दिपेश श्रेष्ठ २७ असार २०८० १२:४३ | Wednesday, July 12, 2023
शोकमा प्रचण्ड परिवार [तस्बिरहरू]

काठमाडौँ- प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवार शोकाकुल बनेको छ। प्रचण्ड पत्नी सीता दाहालको बुधबार बिहान निधन भएपछि परिवार शोकमा परेको हो। सीताको ६९ वर्षको उमेरमा बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

सीताको पार्थिव शरीरलाई माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ। उनको पार्थिव शरीरमा प्रचण्डसहित परिवारका सदस्यहरूले श्रद्धाञ्जलि दिएका छन्।

सीताप्रति श्रद्धाञ्जलि व्यक्त गर्न राजनीतिक दलका शीर्ष नेताहरू, मन्त्रिगण, सरकारका उच्च अधिकारीहरू, कूटनीतिक नियोगका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि र माओवादी कार्यकर्ताहरू पेरिस डाँडामा भेला भएका छन्। सीताको आज २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ।

प्रकाशित: २७ असार २०८० १२:४३ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast