 
                             
                                            काठमाडौँ- वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।
कारागारमा कैदसजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरूका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यले कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले प्राथमिक स्कुल सञ्चालन गरिरहेको छ।
सोही स्कुलको भवन मर्मतसम्भार तथा रंगरोगनका लागि दुई लाख रुपैयाँ सहयोग गरिएको बैंकको भनाइ छ। विद्यालय परिसरमा आयोजित समारोहमा बैंकका मधेश प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले प्रधानाध्यापक अनामिका मिश्रालाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे।
                            प्रकाशित: २० असार  २०८० २०:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 