विमानस्थलबाट बरामद गरिएको सुनको परिमाण आज जाँच गरिने

हिमाल प्रेस ४ साउन २०८० ८:०८ | Thursday, July 20, 2023
विमानस्थलबाट बरामद गरिएको सुनको परिमाण आज जाँच गरिने प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ नियन्त्रणमा लिइएको सुनको परिमाण आज जाँच गरिने भएको छ।

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको उक्त सुनको परिमाण आज जाँच गरिने विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि जाँच गरेर यकिन परिमाण सार्वजनिक गरिने उनले बताए।

सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जना रहेका छन्। उनीहरूलाई बुधबार राति नै प्रहरीले पक्राउ गरेको हो।

सुन हंकङबाट आएको खुले पनि तस्करमा सम्लग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: ४ साउन २०८० ८:०८ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast