सेवाग्राहीकाे बढी भीडभाड हुने ठाउँमा विद्युतीय भुक्तानी थप सहज बनाइने

हिमाल प्रेस ७ साउन २०८० १५:०३ | Sunday, July 23, 2023
सेवाग्राहीकाे बढी भीडभाड हुने ठाउँमा विद्युतीय भुक्तानी थप सहज बनाइने

काठमाडाैँ- सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानी थप सहजीकरण गरिनेभएको छ। नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ काे माैद्रिक नीति सार्वजनिक गर्दै विद्युतीय भुक्तानी थप सहज बनाउने बताएकाे हाे। यसबाट आर्थिक चलखेल रोक्न मद्दत पुग्ने राष्ट्र बै‌ंककाे भनाइ छ।

साथै राजस्व संकलन पनि थप व्यवस्थित हुने राष्ट्र बैंकले बताएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा ‘सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरूमा विद्युतीय भुक्तानीका उपकरणहरूको प्रयोग गरी राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गरिने,’ उल्लेख गरिएकाे छ।

यसैगरी केन्द्रीय बैंकले यसअघि नै विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा गरेको अध्ययनका आधारमा थप कार्य अगाडि बढाउने भएको छ। सूचना प्रविधिलगायत सेवा निर्यात गरेवापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने मौद्रिक नीतिमा उल्लेख छ।

विद्युतीय भुक्तानीमा आबद्ध संस्थाहरूले गर्ने कारोबारको राफसाफ कार्यलाई ‘प्रिन्सिपल अफ फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चर’सँग सामञ्जस्य हुने गरी राष्ट्र बैंकको प्रणालीमार्फत फछ्र्यौट हुने व्यवस्था मिलाउने मौद्रिक नीतिमा उल्लेख छ।

प्रकाशित: ७ साउन २०८० १५:०३ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast