विद्यार्थीहरूको मोर्चा घोषणा गर्दै समाजवादी मोर्चा

हिमाल प्रेस १४ साउन २०८० ८:५७ | Sunday, July 30, 2023
विद्यार्थीहरूको मोर्चा घोषणा गर्दै समाजवादी मोर्चा फाइल तस्बिर

काठमाडौँ– समाजवादी मोर्चाले आज विद्यार्थीहरूको मोर्चाको घोषणा गर्ने भएको छ। मोर्चामा रहेका ४ दलमा आवद्ध विद्यार्थीहरूका सबै संगठनलाई समेटेर मोर्चाले विद्यार्थी मोर्चा बनाउने भएको हो।

मोर्चामा रहेका माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का विद्यार्थी संगठनहरूको मोर्चा बन्ने भएको हो।

असार ४ गते घोषणा भएको मोर्चाले पहिलो पटक भातृ संगठन निर्माण गर्न लागेको हो। च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा बिहान ११ बजे विद्यार्थी मोर्चाको घोषणा कार्यक्रम हुने बताइएको छ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लवलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ।

प्रकाशित: १४ साउन २०८० ८:५७ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast