लेबलिङ प्रावधान फिर्ता लिन व्यवसायीको माग

हिमाल प्रेस ११ साउन २०८० २१:४२ | Thursday, July 27, 2023
लेबलिङ प्रावधान फिर्ता लिन व्यवसायीको माग

वीरगञ्ज- भन्सार विभागले जारी गरेको ‘लेबलिङ’ प्रावधान फिर्ता गर्न व्यवसायीले माग गरेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपालगञ्‍ज उद्योग वाणिज्य संघले बिहीबार वीरगञ्‍जमा संयुक्त पत्रकार सम्मेलन गर्दै भन्सार विभागले जारी गरेको लेबलिङ प्रावधान फिर्ता लिई पैठारीकर्ताले पेस गरेको बिलबिजकका आधारमा भन्सार मूल्यांकन गर्न माग गरेका हुन्।

भन्सार विभागले गत असार २२ गते जारी गरेको ‘लेबल लगाउनेसम्बन्धी सूचना’ का कारण व्यवसायी अन्योल र त्रासमा परेकाले फिर्ता लिनुपर्ने व्यवसायीको माग छ। विसं २०८० साउन १ गतेदेखि लेबलिङ कार्यान्वयनमा ल्याउने भनिएको उक्त प्रावधान भएको र त्यसको अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार नै नराम्री प्रभावित हुन पुगेको व्यवसायीको भनाइ छ।

उद्योग, व्यापार, व्यवसाय अनेकानेक समस्याका बाबजुद जेनतेन सञ्चालन गर्दै आएकामा विभिन्न सरकारी निकायबाट नियन्त्रणात्मक गतिविधिका नाममा भइरहेको अनपेक्षित नीतिगत हस्तक्षेपका कारण आर्थिक गतिविधि खस्किँदै गइरहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बताए।

भन्सार कार्यालयले बिलबिजकको मूल्यका आधारमा भन्सार जाँचपास नगरेर वर्षौँ पुरानो कार्यविधि अर्थात् सन्दर्भ मूल्य पुस्तिकाका आधारमा माल वस्तुको मूल्यांंकन गरेका कारण व्यवसायी ५० प्रतिशतसम्म जरिवाना तिर्न बाध्य भएको उनको भनाइ छ। रासस

प्रकाशित: ११ साउन २०८० २१:४२ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast