ललिता निवास प्रकरण : नापी विभागका तत्कालीन कर्मचारी पक्राउ

हिमाल प्रेस ७ साउन २०८० १८:४४ | Sunday, July 23, 2023
ललिता निवास प्रकरण : नापी विभागका तत्कालीन कर्मचारी पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज (आइतबार) थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

उनका अनुसार श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको अनुसन्धानबाट खुलेका कारण पक्राउ गरिएको हो। ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी छापा, दस्तखत, कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो। तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ। -रासस

प्रकाशित: ७ साउन २०८० १८:४४ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast