सभामुख देवराज घिमिरे
काठमाडौँ- सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसलाई जानकारी गराउन निर्देशन दिएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले लम्पी स्किन रोगको रोकाथामका लागि सरकारले गरेको कामको बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिएका हुन्।
उनले प्रतिनिधिसभा बैठकमा यस रोगको सम्बन्धमा विगतदेखि नै कुरा उठिरहेकाले यस सम्बन्धी स्पष्ट पार्न निर्देशन गरे।
उनले भने, ‘लम्पिस्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरूदेखि आजका बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ। यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देशन दिन्छु।’
प्रतिनिधिसभा बैठक जारी छ ।
प्रकाशित: २९ असार २०८० १५:५१
प्रतिक्रिया



