 
                             
                                            काठमाडौँ- सरकारले आन्दोलनरत लघुवित्त पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ। बिहीबार अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।
समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकले पनि छुट्टै डेस्क राखेर लघुवित्त तथा वित्तीय संस्थाका ऋणिहरूको गुनासो सम्बोधन गरिरहेको जानएको छ। पीडितहरु केही दिनदेखि काठमाडौंमा आन्दोलनमा छन्।
आजै मात्र राष्ट्रिय सभाले विधेयक सर्वसम्वत् रुपमा पारित गरेको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो लागू हुने छ।

                            प्रकाशित: ११ साउन  २०८० १८:३४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![लघुवित्त पीडितहरू संसद् भवन छिरेपछि…[तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2024/02/laghubitta-samsad-bhawan-ma-5.jpg) 
                                             ![काठमाडौँमा लघुवित्तपीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/07/Laghu-Bitta-Pidit-5.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 