रास्वपा एमालेको पछि लागेको छैन : रवि लामिछाने

हिमाल प्रेस ३० असार २०८० १३:४८ | Saturday, July 15, 2023
रास्वपा एमालेको पछि लागेको छैन : रवि लामिछाने फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी कुनै पनि दलको पछि नलागेको स्पष्ट पारेका छन्।

शनिबार आयोजित पार्टीको बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आमनिर्वाचन आउन बाँकी ४/५ वर्षमा रास्वपा पनि परम्परागत दलहरूजस्तै हो कि भन्ने भाष्य स्थापित हुनेमा आफूलाई चिन्ता लागेको उनको भनाइ छ।

रास्वपा एमालेको पछि लाग्यो भन्ने आरोप लागेको भन्ने आरोपको उनले खण्डन गरे।

‘संसद्‍मा रास्वपा एमालेको पछि लाग्यो भन्ने जुन खालको भाष्य खडा गर्न खोजिएको छ त्यो सत्य होइन हामी कसैको पछि लागेका छैनौं लाग्दैनौं पनि। अब आम निर्वाचन नआउँदासम्म रास्वपा पनि अन्य दलहरूजस्तै पो हो कि भन्ने भाष्य बनाउन खोजिँदैछ, यसमा मलाई डर छ,’ उनले भने।

मिसन ०८४ का लागि पार्टीमा जुनसुकै पार्टीका भए पनि राम्रो मान्छेहरूलाई ठाउँ खुला रहेको उनले जनाए।

आफूहरूले भ्रष्टाचारको मुद्दा अघि सारेपछि अहिलेजस्तो भ्रष्टाचारबारे चर्चा कहिल्यै नभएको उनले जिकिर गरे।

प्रकाशित: ३० असार २०८० १३:४८ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast