रास्वपाले भन्यो : मिटरब्याजसम्बन्धी विधेयक पेस नगरे सदन चल्न दिँदैनौँ

हिमाल प्रेस २९ असार २०८० १५:२२ | Friday, July 14, 2023
रास्वपाले भन्यो : मिटरब्याजसम्बन्धी विधेयक पेस नगरे सदन चल्न दिँदैनौँ फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याजसम्ब्न्धी विधेयक नल्याए संसद् चल्न नदिने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकमा उनले विधेयक पेस नगरिएकोप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन्।

‘आगामी बैठकमा मिटरब्याज पीडितहरूका लागि सरकारले ल्याउन खोजेको विधेयकलाई ब्युँताएर कार्यसूचीमा नराखे रास्वपाले सदन चल्न दिने छैन,’ उनले भने, ‘यो मिटरब्याजसम्बन्धी विषयलाई लिएर यो अध्यादेश जो जिरोमा गयो। प्रतिपक्षी बेन्चमा बसेका कारणले प्रतिपक्षीहरु यसको विरोधमा छन् भन्ने भाष्य निर्माण गर्न सकियो।’

उनले आफ्नो पार्टी पीडितहरूको पक्षमा रहेको र सरकारले कसको स्वार्थमा विधेयक पेस नगरेको भन्दै प्रश्न पनि गरे। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएकाहरूको पक्षमा छ। सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छ। मिटरब्याजका पक्षमा जीवनमरणको दोसाँधमा नागरिक छन्। उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ। कसको स्वार्थले ल्याएन? यो सदनलाई थाहा हुनुपर्छ।’

प्रकाशित: २९ असार २०८० १५:२२ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast