रास्वपाका उपसभापति अर्याललाई धम्की दिने युवक पक्राउ

हिमाल प्रेस १ साउन २०८० १४:३१ | Monday, July 17, 2023
रास्वपाका उपसभापति अर्याललाई धम्की दिने युवक पक्राउ उपसभापति अर्याल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई धम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ। असार १९ गते राति १:२६ बजे मेसेजमार्फत् धम्की दिने खोटाङका विजय कालीकोटेलाई प्रहरीले पक्राउ गरेको हो।

धम्कीसहितको मेसेज आएपछि अर्यालले प्रहरी कार्यालयमा उजुरी दिएका थिए। काठमाडौँ प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार कालीकोटेलाई असार २० गते नै पक्राउ गरिएको थियो।

प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर कालीकोटेलाई असार २० गते कपनबाट पक्राउ गरेको जनाएको छ। उनलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ साउन २०८० १४:३१ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast