राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

हिमाल प्रेस ४ साउन २०८० ९:१९ | Thursday, July 20, 2023
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ- राष्ट्रियसभा बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन्।

साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

 

प्रकाशित: ४ साउन २०८० ९:१९ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast