राष्ट्रियसभा उपाध्यक्षको सम्पत्ति : बूढानीलकण्ठमा ४ करोडको घर, १२ तोला सुन

हिमाल प्रेस १ साउन २०८० १६:०१ | Monday, July 17, 2023
राष्ट्रियसभा उपाध्यक्षको सम्पत्ति : बूढानीलकण्ठमा ४ करोडको घर, १२ तोला सुन

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन्। उपाध्यक्ष अर्यालले  साेमबार (साउन १ गते) सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन्।

अर्यालको सम्पत्ति विवरणमा प्युठान नगरपालिका वडा नं ४ मा ‍घडेरी २ रोपनी र वडा नं ४ मा ‍जग्गा १३ रोपनी श्रीमान् यमबहादुर थापाको नाममा रहेको देखिएको छ।

अर्यालले आफ्नो आयबाट खरीद गरेको पर्साको वीरगन्ज महानगरपालिका वडा नं १४ मा ‍जग्गा ३ कठ्ठा ८ धुर श्रीमान् यमबहादुर थापाको नाममा रहेको र आफ्नो बूढानीलकण्ठ नगरपालिका वडा नं ४ मा १८ आना घडेरी ४ करोडमा किनेको जनाएकी छन्।

उनले बालकोटको घर जग्गा बेचेको पैसा र सावल सहकारी संस्थाबाट २ करोड ५३ लाख ऋण लिएर खरिद गरेको सम्पत्ति विवरणमा देखाएकी छन्।

गरगहनामा सुनको गहना १२ तोला, हिराको गहना १ सेट, निलमको गहना १ सेट, चाँदी अन्दाजी ३०० तोला स्रोत स्वआर्जन र श्रीमान्‌को आर्जनबाट किनेको र दाइजो वापत भएको देखिएको छ।

एभरेष्ट बैंक र राष्ट्रिय बाणिज्य बैकमा गरी नगद ७४००० रहेको छ।

यता एभरेष्ट बैंकको ४०० कित्ता, साहस उर्जा कम्पनीको २५० कित्ता, अन्य विभिन्न कम्पनीको ३०० कित्ता, हिमालयन ऊर्जा कम्पनीको २८००० कित्ता साधारण सेयर श्रीमान् यमबहादुर थापाको नाममा रहेको जनाइएको छ।

प्रकाशित: १ साउन २०८० १६:०१ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast