राष्ट्रियसभामा मिटरब्याजसम्बन्धी विधेयक पेस, आजै पारित गर्ने तयारी

हिमाल प्रेस ११ साउन २०८० १२:०० | Thursday, July 27, 2023
राष्ट्रियसभामा मिटरब्याजसम्बन्धी विधेयक पेस, आजै पारित गर्ने तयारी फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ टेबल भएको छ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबल भएको हो।

राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्।

राष्ट्रियसभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ।

प्रकाशित: ११ साउन २०८० १२:०० | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast