फाइल तस्बिर।
                                            काठमाडौँ- राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ टेबल भएको छ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबल भएको हो।
राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्।
राष्ट्रियसभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ।
                            प्रकाशित: ११ साउन  २०८० १२:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

