राष्ट्रियसभामा मिटरब्याजसम्बन्धी विधेयक टेबुल हुने

हिमाल प्रेस ११ साउन २०८० ९:१५ | Thursday, July 27, 2023
राष्ट्रियसभामा मिटरब्याजसम्बन्धी विधेयक टेबुल हुने फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ। बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ।

राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो।

प्रकाशित: ११ साउन २०८० ९:१५ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast