अर्थमन्त्री प्रकाशशरण महत बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरू माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै। तस्बिरः नवीन पौडेल/रासस
काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रिय सभाबाट पनि पारित भएको छ।
राष्ट्रियसभाको बिहीबारको बैठकले आगामी आवको बजेट बहुमतले पारित गरेको हो। जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेट असार १३ गते प्रतिनिधिसभामा बहुमतले पारित भएको थियो।
संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै आगामी आव सुरु हुने दिन साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ।
प्रकाशित: २८ असार २०८० १६:५७
प्रतिक्रिया


