रामेछापमा लम्पी स्किनबाट ३ सय ८१ चौपाया मरे, २१ हजार संक्रमित

हिमाल प्रेस १२ साउन २०८० १०:२३ | Friday, July 28, 2023
रामेछापमा लम्पी स्किनबाट ३ सय ८१ चौपाया मरे, २१ हजार संक्रमित फाइल तस्बिर। हिमाल प्रेस

रामेछाप– रामेछापमा लम्पी स्किन संक्रमणबाट ३ सय ८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन्।

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा १ सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ।

रामेछाप नगरपालिकामा हालसम्म २ हजार १ सय ९०, मन्थलीमा ४ हजार, लिखु तामाकोशीमा पाँच हजार २ सय, गोकुलगंगामा ४ हजार, खाँडादेवीमा २ हजार, उमाकुण्डमा २ हजार र सुनापतीमा १ हजार छ सय ३५ पशुमा लम्पी स्किन संक्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईंले जानकारी दिए।

दोरम्बा सैलुंग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन। दोरम्बा सैलुंगका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुंगेलले भने, ‘दोरम्बा सैलुंगमा तथ्यांक संकलनको तयारी गर्दैछौं।’

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन्।

रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगंगा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोक फुँयालले बताए।

रोगको संक्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ। गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ। किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ।

प्रकाशित: १२ साउन २०८० १०:२३ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast