‘रामायण’का लागि रणवीर, आलिया र यशको ‘लुक टेस्ट’ हुने

हिमाल प्रेस ४ साउन २०८० १३:२१ | Thursday, July 20, 2023
‘रामायण’का लागि रणवीर, आलिया र यशको ‘लुक टेस्ट’ हुने

काठमाडौँऔ बलिउडका लोकप्रिय निर्देशक नितेश तिवारी लामो समययता आफ्नो ‘ड्रिम प्रोजेक्ट’मा काम गरिरहेका छन्। अर्थात् उनले फिल्म ‘रामायण’ बनाउने सोच बनाएका छन्। त्यसका लागि उनी लामो समययदेखि चर्चामा छन्।

फिल्ममा बलिउड कलाकार रणवीर कपुर, आलिया भट्ट र दक्षिण भारतीय सुपरस्टार यश अनुबन्धित भएका छन्। फिल्म बन्ने तयारी भइरहेको छ। तर छायांकन सुरु हुनुअघि रणवीर, आलिया र यशको स्क्रिन टेस्ट गरिने खबर भारतीय सञ्चारमाध्यमले छापेका छन्।

‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेझैँ प्रभास र कृति सेनन अभिनीत ‘आदिपुरुष’बाट बलिउडले गतिलै पाठ सिकेको छ। त्यसैले धार्मिक फिल्म बनाउँदा र त्यसमा काम गर्दा बलिउडकर्मी सचेत भएका छन्।

‘आदिपुरुष’मा प्रभास ‘राघव’को भूमिका खासै नसुहाएको प्रतिक्रिया दर्शकबाट निर्माण टोलीले पाएको थियो। त्यही कुरालाई मनन गरी ‘रामायण’का लागि रणवीर, आलिया र यशको लुक टेस्ट गरिने बताइएको छ।

त्यस्तै सेट डिजाइन, भीएफएक्सलगायत सबै कुरामा निर्माण टोलीले विशेष ध्यान दिने भारतको मनोरञ्जनसम्बन्धी अनलाइन प्लेटफर्म ‘पिंकविला’ले जनाएको छ। ‘निर्माता एकदमै सचेत छन्, कथामा कुनै पनि लापर्बाही नगर्ने उनीहरूको योजना छ,’ ‘पिंकविला’ले लेखेको छ।

प्रकाशित: ४ साउन २०८० १३:२१ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast