काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मोरङ जिल्ला अध्यक्षमा गोपालप्रसाद कटुवाल मनोनीत भएका छन्। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले कटुवाललाई मोरङको तदर्थ समितिको अध्यक्षमा मनोनीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले हिमालप्रेसलाई जानकारी दिए।
कटुवालले अबको ६ महिनाभित्र आवश्यक कामकारबाही गरेर जिल्ला अधिवेशन गराउने जिम्मेवारी पनि तोकिएको छ।
राप्रपाको तीन जिल्लामा अध्यक्ष रिक्त थिए। त्यसका लागि राप्रपाले अनलाइन आवेदन आह्वान गरेको थियो। प्रवक्ता श्रेष्ठका अनुसार अब दाङ र रौतहटले राप्रपाको जिल्ला नेतृत्व पाउन बाँकी छ।
प्रकाशित: २६ असार २०८० १८:१३ | Tuesday, July 11, 2023
प्रतिक्रिया




