राप्रपामा अब काम नगरी नेता हुन नपाइने, सुरु भयो ‘नवीन राप्रपा’ कार्ययोजना

हिमाल प्रेस २८ असार २०८० १७:४६ | Thursday, July 13, 2023
राप्रपामा अब काम नगरी नेता हुन नपाइने, सुरु भयो ‘नवीन राप्रपा’ कार्ययोजना

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीमा काम नगरी नेता हुन नपाइने व्यवस्थासहितको ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना सार्वजनिक गरेको छ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ‘राप्रपा : अब नवीन राप्रपा’ कार्ययोजना अन्तर्गत ‘नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति’ मूल नारासहित जनताको घरदैलोमा राप्रपा अभियान सुरु गरेको जनाएको हो।

अभियानअन्तर्गत राप्रपाले पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहको भूगोल केन्द्रित जिम्मेवारी दिएको छ। तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

उनका अनुसार राप्रपाले आगामी दिनमा विभिन्न तहमा हुने निर्वाचनमा ५० प्रतिशत प्राइमरी छनोटबाट उमेदवार तय गर्ने छ। त्यस्तै, पार्टीले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्नका साथै आर्थिक सहयोग गर्न पनि सकिने जनाएको छ।

राप्रपाले ६ महिनाभित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने जनाएको छ। प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि जनजीविकाका सवाल तथा राजनीतिक मन्यता स्थापनाका लागि जनदबाब सिर्जनाका क्रियाकलाप अघि बढाउने राप्रपाले जनाएको छ।

प्रकाशित: २८ असार २०८० १७:४६ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast