रातोपुलको डान्सबार पुर्‍याएर ठगी गर्ने गिरोह पक्राउ

हिमाल प्रेस २७ असार २०८० १२:०६ | Wednesday, July 12, 2023
रातोपुलको डान्सबार पुर्‍याएर ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ– भारतबाट नेपाल घुम्न आएका पर्यटकमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पशुपतिनाथ दर्शन गर्न सोमबार आएका भारतीय पर्यटकहरूलाई काठमाडौँ भ्रमणमा सहयोग गर्ने बताउँदै उनीहरूले थानकोटबाट रातोपुलमा रहेको डान्सबारमा लगेर ठगी गरेको प्रहरीले जनाएको छ।

‘रातोपुलमा रहेको ज्याक डेनिस डान्सबारमा लगि महिला कर्मचारी समेतको संलग्नतामा डर त्रासमा पारी भारतीय रकम ५ हजार, मोबाइलबाट ट्रान्सफर गरी २८ हजार रकम लुटेको देखिएको छ,’ प्रहरी परिसरले जनाएको छ

पक्राउ पर्नेमा माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुवँर, सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामाङ, चावहिल बस्ने ४० वर्षीय इन्द्र काफ्ले, सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, माछापोखरी बस्ने २२ वर्षीया रिया साह ठकुरी, माछापोखरी बस्ने २० वर्षीय आस्मा तामाङ रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई पक्राउ गरी आपराधिक विश्वासघात कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भारतीय पर्यटकको भने परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २७ असार २०८० १२:०६ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast