मोरङमा मृत फेला परे दुई हरिण

हिमाल प्रेस २५ असार २०८० २१:४६ | Monday, July 10, 2023
मोरङमा मृत फेला परे दुई हरिण

मोरङ- मोरङको पथरी शनिश्चरेमा दुईवटा हरिण मृतावस्थामा फेला परेका छन्। आज (सोमबार) पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका-१० स्थित शिवर डाँडामा सवारीको ठक्कबाट दुई हरिणको मृत्यु भएको हो।

पशुपति सामुदायिक वनको संरक्षणमा रहेको हरिणको बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएका कारण मृत्यु भएको सवडिभिजन वन कार्यालय पथरी शनिश्चरेका प्रमुख दिवसकुमार चौधरीले जानकारी दिए।

कुन सवारीले ठक्कर दियो भन्ने बारेमा पुष्टि नभएको र थप अनुसन्धान अगाडि बढाइएको चौधरीले बताए। पशुपति सामुदायिक वनले ११ महिनादेखि ती हरिणलाई संरक्षण गरेको थियो। एउटा बच्चा र अर्को गर्भिणी पोथी हरिण मरेका हुन्।

सवडिभिजन वन कार्यालय पथरी शनिश्चरे मातहतमा एक महिनाभित्र पाँच वटा दुर्घटना भएका छन्। चार वटा दुर्घटनामा पाँच वटा हरिणको मृत्यु भएको छ भने एउटा सिकारीले मारेको तथ्यांक छ। जंगली क्षेत्रमा तीव्र गतिमा सवारीसाधन चलाउनु, वन्यजन्तुका विषयमा सवारी चालकलाई चेतनाको अभाव हुनुले वन्यजन्तुसम्बन्धी दुर्घटना बढ्दै गएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्काले बताए। रासस

प्रकाशित: २५ असार २०८० २१:४६ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast