मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस

हिमाल प्रेस १० साउन २०८० १४:३२ | Wednesday, July 26, 2023
मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस

काठमाडौँ- भारतीय राष्ट्रिय कांग्रेसले नरेन्द्र मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको छ। कांग्रेस सांसद गौरव गोगोईले प्रधानमन्त्री मोदी नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन्।

विपक्षी दलहरूको गठबन्धन इन्डियन नेसनल डेभलेपमेन्टल इन्क्युसिभ अलाइन्स (इन्डिया)का तर्फबाट सांसद गोगोईले उक्त अविश्वास प्रस्ताव पेस गरेका हुन्।

भारतको तल्लो सदन (लोकसभा)मा उक्त प्रस्ताव स्वीकृत पनि भएको छ। लोकसभा अध्यक्ष ओम बिड्लाले चर्चापछि दलहरूसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाहीको प्रक्रिया अघि बढाउने बताएका छन्।

भारतको पूर्वी राज्य मणिपुरमा जारी हिंसाका मामिलामा विपक्षी गठबन्धनले मोदी सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो।

प्रकाशित: १० साउन २०८० १४:३२ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast