मुर्रा राँगा लिन पशु विभागको टोली भारत जाँदै

हिमाल प्रेस २ साउन २०८० ६:३५ | Tuesday, July 18, 2023
मुर्रा राँगा लिन पशु विभागको टोली भारत जाँदै

पोखरा- भारतले दिने भनेको मुर्रा राँगा लिन पशु विभागको टोली भारत जाने भएको छ।

विभागका चारजना यसै साता भारत जाने तय भएको पशु विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । मुर्रा राँगा लिन जाने टोलीमा पशुसेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान र क्वारेन्टिन शाखाका प्रमुख छन् ।

अनुदानस्वरूप दिइने १५ वटा राँगालाई एकैपटक ल्याइने ढकालले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ जेठदेखि २० गतेसम्म भारत भ्रमणका क्रममा नेपाली मुर्रा राँगा उपलब्ध गराउने सहमति भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा मुर्रा जातका राँगा ल्याउने सहमति भएको थियो।

प्रकाशित: २ साउन २०८० ६:३५ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast