मुक्तिनाथ विकास बैंक आईक्यानबाट पुरस्कृत

हिमाल प्रेस ६ साउन २०८० १५:२४ | Saturday, July 22, 2023
मुक्तिनाथ विकास बैंक आईक्यानबाट पुरस्कृत

काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गरेको छ। उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंक लगातार चौथोपटक पुरस्कृत भएको बैंकले जानकारी दिएको छ।

आईक्यानले प्रत्येक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई पुरस्कृत गर्दै आएको छ। ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२२’ मा विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७८/७९का लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको बैंकले बताएको छ।

उक्त पुरस्कारबाट मुक्तिनाथ विकास बैंक आर्थिक वर्ष २०७५/७६ यता लगातार चौथोपटक सम्मानित भएको हो। आईक्यानले ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ चार विधानमा दिँदै आएको छ।

प्रकाशित: ६ साउन २०८० १५:२४ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast