फाइल तस्बिर
                                            काठमाडौँ- सत्तारुढ नेकपा माओवादीले पदाधिकारी बैठक बोलाएको छ। यही साउन १७ गतेदेखि बस्न लागेको केन्द्रीय समितिको एजेण्डा तय गर्न माओवादीले पदाधिकारीको बैठक बोलाएको हो।
प्रचण्डले सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन्। पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने छ।
यसअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकका सम्भावित एजेण्डबारे छलफल गरेको थियो ।
                            प्रकाशित: १३ साउन  २०८० १२:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

