महिला विश्वकप फुटबलको उद्घाटन खेलअघि चल्यो गोली, २ जनाको मृत्यु

हिमाल प्रेस ४ साउन २०८० ११:५७ | Thursday, July 20, 2023
महिला विश्वकप फुटबलको उद्घाटन खेलअघि चल्यो गोली, २ जनाको मृत्यु

काठमाडौँ- न्युजिल्यान्डको अकल्यान्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु र छ जना घाइते भएका छन्। घटना महिला फिफा विश्वकपको उद्घाटन खेलअघि भएको छ।

बुधबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे भएको घटनामा बन्दुकधारी पनि मारिएको छ। न्युजिल्यान्ड प्रहरीले ती अपराधीको मृत्यु भएको पुष्टि गरेको छ।

‘एक गम्भीर घटनामा नियन्त्रण गर्न सफल भएका छौँ,’ न्युजिल्यान्ड प्रहरीले ट्वीट गरेको छ, ‘बन्दुकधारी पुरुष अपराधी पनि मारिएको छ।’

घटना उद्घाटन खेल सुरु हुनुभन्दा १२ घण्टाअगाडि भएको थियो। घटनाबारे न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले प्रतिक्रिया दिएका छन्।

उनले घटनालाई आतंकवादको नजरले नहेरेको बताएका छन्। ‘हामी फिफासँग निरन्तर सम्पर्कमा छौँ,’ प्रधानमन्त्री हिपकिन्सले भनेका छन्, ‘विश्वकप प्रतियोगिता योजनाअनुसार अघि बढ्नेछ।’

राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको उनको भनाइ छ। ‘राष्ट्रिय सुरक्षामा कुनै खतरा नभएको अधिकारीहरूको आकलन छ,’ उनी भन्छन्, ‘घटना कुनै राजनीतिक वा वैचारिक उद्देश्यबाट प्रेरित भएको देखिँदैन।’
आज (बिहीबार) न्युजिल्यान्ड र नर्वेबीच खेल हुनेछ। इडन पार्क स्टेडियनमा हुने खेलका लागि ४० हजारभन्दा बढी दर्शक जम्मा हुने अनुमान छ।

प्रकाशित: ४ साउन २०८० ११:५७ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast