महिलामाथि दुर्व्यवहारले आक्रोशित प्रियंका

हिमाल प्रेस ५ साउन २०८० १२:३८ | Friday, July 21, 2023
महिलामाथि दुर्व्यवहारले आक्रोशित प्रियंका

काठमाडौँ- बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडाले मणिपुरमा महिलाहरूमाथि भएको  यौन हिंसाको विरोध गरेकी छन्। उनले घटनालाई लज्जास्पद बताएकी छन्।

उनले इन्स्टाग्राममा स्टोरी सेयर गर्दै घटनाको विरोध जनाएकी हुन्। ‘दोषीहरूलाई कडा कारबाही हुनुपर्छ,’ उनले लेखेकी छन्, ‘महिलाहरूले न्याय पाउनुपर्छ।’

घटनाको भिडियोले आफूलाई दुःखी बनाएको प्रियंकाको भनाइ छ। ‘यस्तो घृणास्पद अपराध भएको ७७ दिनपछि त्यसमाथि कारबाही हुँदै छ,’ उनले भनेकी छन्, ‘महिलालाई कुनै पनि खेलमा हतियारका रूपमा प्रयोग गरिने अनुमति कसैलाई पनि दिन सकिँदैन।’

घटनाबाट आहत प्रियंकाले सबैले यसबारे एक स्वरमा आवाज उठाउनुपर्ने लेखेकी छन्। ‘यस्तो भयावह यौन हिंसाविरुद्ध हामी सबैले एउटै स्वरमा न्यायको माग गर्नुपर्छ,’ इन्स्टामा लेखेकी छन्।

भारत, मणितपुरमा साढे दुई महिनायता जातीय हिंसा भइरहेको छ। त्यसको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमा मैतई समुदायका सयौँ पुरुषद्वारा कुकी समुदायका दुई महिलालार्य निर्वस्त्र गरी लेखेटिँदै छ। उनीहरूमाथि यौन दुर्व्यवहार गरिएको छ।

महिलाहरूमाथि यौन हिंसाको घटनाले बलिउड कलाकार आक्रोशित भएका छन्। जया बच्चन, अक्षय कुमार, उर्मिला मातोन्डकर, कियारा आडवाणीलगायत कलाकारले घटनाबारे प्रतिक्रिया दिएका छन्।

प्रकाशित: ५ साउन २०८० १२:३८ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast