महालक्ष्मी साहित्य पुरस्कार गोविन्दराज भट्टराईलाई

हिमाल प्रेस ७ साउन २०८० १३:३० | Sunday, July 23, 2023
महालक्ष्मी साहित्य पुरस्कार गोविन्दराज भट्टराईलाई

काठमाडौँ– महालक्ष्मी साहित्य पुरस्कार २०७९ प्रा.डा. गोविन्दराज भट्टराईले पाएका छन्।

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आइरहेको छ।

पुरस्कार राशी ५१ हजार रहेको छ। बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु पराजुलीले शनिबार सम्मानपत्र र चेक साहित्यकार भट्टराईलाई हस्तान्तरण गरे।

साहित्यकार भट्टराईले विभिन्न विधाका ६५ कृति प्रकाशन गरेका छन्। नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको बैंकले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast