महानगरले पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने

हिमाल प्रेस १३ साउन २०८० ६:३५ | Saturday, July 29, 2023
महानगरले पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको छ।

शुक्रबार महानगरपालिकाका मेयर बालेन शाहले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध गरिएको जानकारी दिएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसको कार्यान्वयनका लागि हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ। प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ। टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ । यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान चाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन । यसर्थ, अनुगमनमा आउनु र जफत गर्नुअघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध गर्दछु।’

मेयर शाहले यस अभियानमा नागरिक सहभागिता, उपभोक्ता, विक्रेता तथा सबैबाट सहयोग चाहिएको बताए। यस्तै उनले बजार जाँदा कागज वा कपडाको झोला बोकेर जान सर्वसाधारण नागरिकलाई आग्रह गरेका छन्।

प्रकाशित: १३ साउन २०८० ६:३५ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast