मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता

हिमाल प्रेस १ साउन २०८० १६:२४ | Monday, July 17, 2023
मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)बीच भेटवार्ता भएको छ। दुई जनाबीच सिँहदरबास्थित मन्त्री मोदीको कार्यकक्षमा भेट भएको हो। भेटमा मन्त्रालय र काठमाडौँ महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको मन्त्री मोदीको सचिवालयले जनाएको छ।

मेयर शाहले काठमाडौँ महानगरका जग्गाप्राप्ति सम्बन्धी समस्या, फोहरमैलाव्यवस्थापनको सन्दर्भमा आएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए।

मन्त्रीमोदीसँग मेयर शाहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गरे।

जवाफमा मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताए।मन्त्री मोदीले फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथिमहानगरले आवश्यक सुझाव दिन पनि आग्रह गरे।

प्रकाशित: १ साउन २०८० १६:२४ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast