मनहरी गाउँपालिकाका प्रावि तहका १८ जना प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

हिमाल प्रेस २९ असार २०८० १७:४३ | Friday, July 14, 2023
मनहरी गाउँपालिकाका प्रावि तहका १८ जना प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

काठमाडौँ- मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यकपकहरूले सामूहिक राजीनामा दिएका छन्। बिना कारण गाउँपालिकाले सरुवा गर्ने तयारी गरेपछि १८ वटै विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा बुझाएका हुन्।

उनीहरूले गाउँपालिका अध्यक्षले पटक-पटक विभिन्न कार्यक्रममा सरुवा गर्ने धम्की दिइरहेको पनि बताएका छन्। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन। उपाध्यक्ष सीता पुलामी मगरले भने परिवारका सदस्य बिरामी भएकोले आफू केही दिनदेखि गाउँपालिका नगएकोले यसबारे केही थाहा नभएको बताइन्।

प्रकाशित: २९ असार २०८० १७:४३ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast