भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधारौँ : उपेन्द्र यादव

हिमाल प्रेस ८ साउन २०८० १६:१४ | Monday, July 24, 2023
भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधारौँ : उपेन्द्र यादव उपेन्द्र यादव।

काठमाडौँ-  सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।

महँगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उनको भनाइ थियो।

सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचारनै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताए।

अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरुको भन्दा महंगो निर्वाचन प्रणाली हुनु दुखद कुरा भएको बताए।
अध्यक्ष यादवले नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिस्ट पार्टीका नेताहरू नै नवधनाढ्य वर्गमा परिणत भएको दाबी गरे।

 

प्रकाशित: ८ साउन २०८० १६:१४ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast