भ्रष्टाचारमाथि अनुसन्धान थाल्दा चिच्याउनु आवश्यक छैन : देवेन्द्र पौडेल

हिमाल प्रेस १० साउन २०८० १५:३३ | Wednesday, July 26, 2023
भ्रष्टाचारमाथि अनुसन्धान थाल्दा चिच्याउनु आवश्यक छैन : देवेन्द्र पौडेल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सुन प्रकरणमा जोडिएका सबैमाथि कारबाही गर्न सरकारसँग अनुरोध गरेका छन्।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले छानबिन गर्न कसैको अनुहार हेर्न जरुरी नभएको बताएका छन्।

‘यो सदनमा विभिन्न कुरा उठेको छ। आज अर्थमन्त्री र गृहमन्त्रीको कुरा पनि उठेको छ।’ उनले थपे,‘आज सरकारलाई बधाई दिन चाहन्छु। सरकार छानबिन गर्न अघि बढेकोछ । कसैको अनुहार हेर्न जरुरी हेर्न आवश्यक छैन।’

भ्रष्टाचारमाथि अनुसन्धान गर्दै राजीनामा मागेर चिच्याउनुको औचित्य नभएको बताए। ‘मान्छे जुनसुकै परोस्। अनुसन्धान हुनुपर्यो।’ उनले भ्रष्टाचारमाथि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए।

प्रकाशित: १० साउन २०८० १५:३३ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast