भुवन चैत्य वसुन्धारा फाउन्डेसनद्वारा दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै

हिमाल प्रेस ५ साउन २०८० ९:५५ | Friday, July 21, 2023
भुवन चैत्य वसुन्धारा फाउन्डेसनद्वारा दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै

काठमाडौँ– ‘भुवन चैत्य वसुन्धारा फाउन्डेसन’ले २ वर्षको पुरस्कार एकसाथ प्रदान गर्ने भएको छ। उक्त पुरस्कार यही महिना प्रदान गरिनेछ।

दुई वर्षको ६ वटा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले जानकारी दिए।

नेपाली कला, संस्कृति, रंगमञ्च, गीत, संगीत, साहित्य तथा समाजसेवामा सक्रिय व्यक्तित्वलाई पुरस्कार प्रदान गर्न लागिएको उनले बताए।

०७८ को ‘हरिश-भुवन चन्द पुरस्कार २०७८’बाट चलचित्रकर्मी यादव खरेल, ‘चैत्यदेवी पुरस्कार २०७८’बाट संगीतकर्मी गणेश रसिक र ‘चेतनारायण-वसुन्धरा भुसाल पुरस्कार २०७८’बाट अभिनेत्री मिथिला शर्मालाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताए।

यस्तै ‘हरिश-भुवन चन्द पुरस्कार २०७९’ चलचित्रकर्मी नीर शाह, ‘चैत्यदेवी पुरस्कार २०७९’ अभिनेता शिव श्रेष्ठ र ‘चेतनारायण-वसुन्धरा भुसाल पुरस्कार २०७९’ अभिनेत्री शर्मीला मल्ललाई प्रदान गर्ने फाउन्डेसनले निर्णय गरेको छ।

‘यसै महिनाभित्र एक समरोह आयोजना गर्दै घोषणा गरिएका पुरस्कार प्रदान गरिने छन्,’ उनले भने।

पुरस्कारको राशि जनही ५१ हजार रहेको छ। ०७५ मा स्थापना भएको सो फाउन्डेसनले बर्सेनी पुरस्कार प्रदान गर्दैआएको छ।

प्रकाशित: ५ साउन २०८० ९:५५ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast