राजेन्द्र पाण्डे । 
                                            काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्णरूपमा गर्न नसकेको बताए।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताए।
उनले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको बताए।
उनले भने, ‘हामी नै शासन सत्तामा आइसकेपछि फेरि सत्तासिन दलहरुबाट भ्रष्टाचारका घटनाहरू हुन थाले। संसदीय व्यवस्था सँगसँगै पँझेरो भित्रियो। सुविधाभोगी हुने प्रवृत्तिको विकास भयो।’
उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताए ।
                            प्रकाशित: ८ साउन  २०८० १५:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

