भारतको सेन्सर बोर्डले रोक्यो ‘ओएमजी २’

हिमाल प्रेस २८ असार २०८० १३:१० | Thursday, July 13, 2023
भारतको सेन्सर बोर्डले रोक्यो ‘ओएमजी २’

काठमाडौँ- भारतीय अभिनेता अक्षय कुमार अभिनीत ‘ओएमजी २’को प्रदर्शनमा अहिलेका लागि रोक लगाइएको छ। अगस्त ११ मा प्रदर्शनमा आउने फिल्ममा भारतको सेन्सर बोर्डले रोक लगाएको हो।

‘ओएमजी २’को टिजर जुलाई ११ मा सार्वजनिक भएको थियो। स्क्रिनिङपछि सेन्सर बोर्डले फिल्मका केही दृश्यमा आपत्ति जनाएको छ। त्यसैले बोर्डले फिल्म समीक्षा समितिमा पठाएको हो। समितिको विचारपछिमात्र बोर्डले फिल्म प्रदर्शन हुने वा नहुने निधो गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

टिजरमा अक्षय भगवान् शिवको भूमिकामा देखिएका छन्। अभिनेता पंकज त्रिपाठी शिवभक्त बनेका छन्। ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भन्ने उखान भारतीय सेन्सर बोर्डका लागि उपयुक्त भएको छ। फिल्म ‘आदिपुरुष’का कारण बोर्डले चौतर्फी आलोचना खेप्नुपरेको थियो। फिल्मले मान्छेहरूको धार्मिक भावनामा आघात पु¥याएको भन्दै त्यसको आलोचना भएको थियो। यसपटक यस्तो नहोस् भनेर सेन्सर बोर्ड सचेत भएको छ।

फिल्ममा अक्षयसँगै यामी गौतम, पंकज त्रिपाठी, अरुन गोविललगायत कलाकारको अभिनय छ। ‘ओएमजी २’ सन् २०१२ मा प्रदर्शनमा आएको ‘ओ माई गड’को दोस्रो भाग हो। पहिलो भागमा पनि अक्षय भगवान् कृष्णको भूमिकामा थिए। उनीसँगै फिल्ममा परेश रावल, मिथुन चक्रवर्तीलगायत कलाकारको अभिनय थियो।

प्रकाशित: २८ असार २०८० १३:१० | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast