भानुजयन्तीमा गण्डकीमा सार्वजनिक बिदा

हिमाल प्रेस २६ असार २०८० २१:०८ | Tuesday, July 11, 2023
भानुजयन्तीमा गण्डकीमा सार्वजनिक बिदा

पोखरा- भानुजयन्तीकाे अवसरमा गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। सरकारले शुक्रबार सार्वजनिक बिदा हुने बताएकाे हाे।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सूचना जारी गरी आगामी असार २९ शुक्रबार गण्डकीका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जानकारी गराएकाे हाे।

गण्डकी सरकारले गत वर्ष चैत ८ मा गरेको निर्णयअनुसार प्रदेश राजपत्रमा सार्वजनिक बिदासम्बन्धी सूचना प्रकाशित गरेको थियो।

२०८० सालमा भानुजयन्तीसहित कात्तिक ११ गते कोजाग्रतपूर्णिमा र फागुन ४ मा गण्डकी प्रदेश स्थापना दिवसका दिने गरी ३ दिन अतिरिक्त बिदा छन्।

प्रकाशित: २६ असार २०८० २१:०८ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast