भानु जयन्तीका अवसरमा प्रभातफेरी [तस्बिरहरू]

दिपेश श्रेष्ठ २९ असार २०८० ९:३८ | Friday, July 14, 2023
भानु जयन्तीका अवसरमा प्रभातफेरी [तस्बिरहरू]

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २ सय १० औं जन्म जयन्तीको अवसरमा काठमाडौँमा प्रभातफेरी एवम् श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विभिन्न शैक्षिक संस्था एवम् भाषा-साहित्यिक प्रतिष्ठानहरूको सहभागितामा भानुभक्त जन्म जयन्ती मनाइएको हो।

सो अवसरमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आचार्यको सालिकमा माल्यार्पण गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ।

उक्त अवसरमा प्रतिष्ठानका कुलपति एवम् साहित्यकार भूपाल राई, प्राज्ञ सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता, लेखक, साहित्यकार, भाषाविद्, विभिन्न विद्यालयका विद्यार्थी एवम् साहित्यानुरागीहरूले आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली भाषा-साहित्य उत्थानमा उनले पुर्‍याएको योगदानको चर्चा गरेका छन्।

तनहुँको चुँदीरम्घा जन्मिएका आचार्यले रामायण कृतिलाई नेपाली भाषामा अनुवाद गरी भाषा साहित्यका माध्यमबाट नेपालको राष्ट्रिय एकतामा योगदान गरेका हुन्।

प्रकाशित: २९ असार २०८० ९:३८ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast