भदौ २६ देखि नाडा अटो शो

हिमाल प्रेस २७ असार २०८० १८:२७ | Wednesday, July 12, 2023
भदौ २६ देखि नाडा अटो शो

काठमाडौँ– नाडा अटो शो २०२३ भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ।
नाडाले प्रदर्शनीका लागि बुकिङसमेत खोलेको छ। हरेक वर्षको दसैँ अगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा आयोजना भएको थिएन।

२०२२ मा सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका हुन पूर्ण रूपमा भएको थिएन। गत वर्ष नाडाले ईभी एक्सपो २०२२ आयोजना गरेको थियो।

आउँदो नाडा अटो शोमा चार पांग्रे, दुई पांगे्र सवारीसाधनका साथै स्पेयर पाट्र्स, टायरटयूब, ब्याट्री लगायतका स्टल रहनेछन्। प्रदर्शनीमा बैंक, बिमालगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्था समेतको सहभागिता रहने छ।

प्रकाशित: २७ असार २०८० १८:२७ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast