भदौ १ मा आउँदै ‘जुलेबी’

हिमाल प्रेस ३१ असार २०८० १३:१२ | Sunday, July 16, 2023
भदौ १ मा आउँदै ‘जुलेबी’

काठमाडौँ- फिल्म ‘जुलेबी’ भदौ १ मा प्रदर्शनमा आउने भएको छ। फिल्ममा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिकामा छन्।

यिनै चार महिला पात्रको प्रेमकथामा फिल्म आधारित छ। फिल्ममा उनीहरूबाहेक सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको पनि अभिनय छ।

एन्थोलोजी जनरामा निर्माण भएको फिल्मका निर्देशक हुन्, गणेशदेव पाण्डे। यसअघि ‘मञ्जरी’ र ‘गाँजाबाजा’ फिल्मको निर्देशन पाण्डेले गरेका छन्।

सो मितिमा ‘जुलेबी’सँगै अभिनेता आकाश श्रेष्ठको ‘हिँड्दा हिँड्दै’ पनि रिलिज हुनेछ।

प्रकाशित: ३१ असार २०८० १३:१२ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast