भदौ १५ देखि ईभी एक्स्पो

हिमाल प्रेस ७ साउन २०८० १३:२४ | Sunday, July 23, 2023
भदौ १५ देखि ईभी एक्स्पो

काठमाडौँ– भदौ १५ गतेदेखि भृकुटीमण्डपमा विद्युतीय गाडीहरूको मेला हुने भएको छ।

इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोटर्स असोसिएसन अफ नेपाल, मिडिया स्पेस सोलुसन्सु र फ्युचरएक् ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त रूपमा मेलाको आयोजना गर्ने भएका हुन्।

विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने मेला तीन दिनसम्म चल्नेछ। जहाँ विद्युतीय कार, स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सालगायत कम्पनीको सहभागिता रहनेछ।

यस्तै विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्री, टायर, बैंक तथा इन्स्योरेन्सलगायत संस्थाको समेत सहभागिता हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: ७ साउन २०८० १३:२४ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast