भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा

हिमाल प्रेस ९ साउन २०८० १५:०५ | Tuesday, July 25, 2023
भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा

काठमाडौँ– भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ। यातायात क्षेत्र सुधारका लागि संघीय सरकार, सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा देशभर लागू गर्ने निर्णय गरेको हो।

चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयमा देखिने भीड हटाउन भदौ १ गतेदेखि सबै यातायात कार्यालयमा विद्युतीय सेवा विस्तार गर्ने बैठकले निर्णय गरेको छ।

हाल गण्डकी प्रदेशको पोखरास्थिर यातायात कार्यालयमा मात्र यो सेवा सञ्चालनमा छ। उक्त कार्यालयमा अनलाइन सेवा सफल र प्रभावकारी भएपछि देशभर लागू गर्न लागिएको घोषणापत्रमा उल्लेख छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि धुुलिखेल घोषणापत्र जारी गरेका हुन्।
यातायात क्षेत्र सुधार र कार्यान्वयन योजना बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्रीसहित काभ्रेको धुलिखेलमा बैठक भएको थियो।

प्रकाशित: ९ साउन २०८० १५:०५ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast