काठमाडौँ- लोक तथा देउडा गायक राजु परियारको स्वरमा ‘भग्गा लिङ’ देउडा गीत सार्वजनिक भएको छ। परियारसहित लोकेन्द्रबहादुर चन्द, गोपाल दयाल र गायिका भावनाचन्दसहितको स्वरमा देउडा गीत सार्वजनिक गरिएको हो। गोपाल दयाल युट्युव च्यानलमार्फत गत शुक्रबार सार्वजनिक गरिएको गीतको लय धेरै पुरानो भए पनि नयाँ भर्जनमा सार्वजनिक गरिएको हो। भिडियोमा एलबि चन्द, गोपाल दयाल, धिरज चन्द, केशव चन्द , ठकुरी तेजा, निर्मल साउंद,पीके महता, दशरथ मंगोला र बलदेव दयाललगायत छन्। त्यस्तै करुणा दयाल, निरु देउवा , भावना चन्द , पार्वती बम, लक्ष्मी बोहरा र कपुर पन्तको भूमिका छ। गीतमा सुरत नेगीका शब्द छन्।
                            प्रकाशित: ८ साउन  २०८० २१:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

