साउने सोमबार

भक्तपुरको दत्तात्रय मन्दिरमा दर्शनार्थीको भीड [तस्बिरहरू]

दिपेश श्रेष्ठ ८ साउन २०८० १०:४४ | Monday, July 24, 2023
भक्तपुरको दत्तात्रय मन्दिरमा दर्शनार्थीको भीड [तस्बिरहरू]

काठमाडौँ– आज साउन महिनाको दोस्रो सोमबारका अवसरमा भक्तपुरस्थित दत्तात्रय मन्दिरमा भक्तजन र दर्शनार्थीको भीड लागेको छ।

भगवान शिवजीको पूजा आराधनाका लागि बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ।

यस वर्ष साउन महिनामा अधिकमास परेकोले असारको अन्तिम सोमबारदेखि नै व्रत सुरु गरिएको थियो।

चन्द्रामासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने पात्रोमा उल्लेख छ।

सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रामासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ।

धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन्।

अधिकमासका कारण साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा धर्मशास्त्र विज्ञबीच नै मतान्तर देखिएको छ।

नेपालमा सौरमासअनुसार सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए।

प्रकाशित: ८ साउन २०८० १०:४४ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast