ब्याजदर करिडोरको तल्लो सीमा ४.५ प्रतिशत

हिमाल प्रेस १२ साउन २०८० १५:०९ | Friday, July 28, 2023
ब्याजदर करिडोरको तल्लो सीमा ४.५ प्रतिशत राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहने निक्षेप संकलन दरलाई १ प्रतिशत बिन्दुले घटाएर ४.५ प्रतिशत कायम गरेको छ। राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै निक्षेप संकलन दर घटाएसँगै रिपोदर पनि ०.५० प्रतिशत बिन्दुले घटेको हो।

यसअघि वाणिज्य बैंकहरूमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ प्रतिशत, तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर ५.५ प्रतिशत र नीतिगत दरको रूपमा रहेको रिपो दर ७ प्रतिशत थियो। स्थायी तरलता सुविधा दरलाई भने ७.५ प्रतिशतमा यथावत् राखिएको छ। नीतिगत दरका रूपमा रहेको रिपो दरलाई ६.५ प्रतिशत कायम गरिएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् निक्षेप संकलन दर र नीतिगत दर घटाउने निर्णय गरेको थियो।

प्रकाशित: १२ साउन २०८० १५:०९ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast